स्थानीय तहको निर्वाचनमा गठबन्धन आवश्यक छ : कांग्रेस नेता लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले स्थानीय तहको निर्वाचनको गठबन्धन गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णयअनुसार हुने बताएका छन् । 

‘घर-घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियानका लागि बझाङ पुगेका लेखकले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्र गठबन्धन गर्ने–नगर्ने भन्नेबारे दुईथरी कुरा आइरहेकाले यस विषयमा केन्द्रीय कार्य समितिले आधिकारिक निर्णय गर्ने बताए । 

नेता लेखकले अहिलेको समयमा कुनै पनि पार्टीको बहुमतको सरकार आउने संकेत नदेखिएकाले दलीय गठबन्धन आवश्यक भएको बताए । उनले भने, ‘नेपालमा हामीले जुन रुपको प्रणाली अपनाएका छौँ, त्यो प्रणालीले स्वभाविक रुपमा गठबन्धनलाई आमन्त्रण गर्दछ । हामीले मिश्रित प्रणाली अपनाएका कारणले कुनै पनि पार्टीको संसदमा बहुमत नआउने सम्भावना रहेकाले गठबन्धनलाई निरन्तरता दिनका लागि कांग्रेसभित्र उठिरहेको छ ।’

मिश्रित निर्वाचन प्रणाली भएकै कारण कसैको बहुमत नआउने सम्भावना भएकाले चुनाव अगाडि वा पछाडि गठबन्धन गर्नुपर्ने बाध्यता समेत रहेकाले निर्वाचन अगाडि नै गठबन्धन गर्नुपर्ने लेखकको भनाइ थियो । पार्टी सभापति शेरबहादुर देउवासमेत गठबन्धनको पक्षमा रहेको बताउँदै उनले वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको संकेत गरे ।

एमसिसीका बारेमा जनतालाई भ्रमित पारिएको भन्दै उनले ‘घर–घर जाऊँ कांग्रेस जिताऊँ’ अभियानमार्फत सबै जनताका बीचमा यसको यथार्थताबारेमा प्रस्टसँग राख्ने उद्देश्य रहेको उनले बताए । 

एमसिसी विकास योजना भएकाले सरकारले एमसिसीजस्तै अरु पनि विकास सम्झौता गरेकाले जनतालाई भ्रममा नपर्न आग्रह गरे । नेता लेखकले स्थानीय तहको निर्वाचनमा यो गुट त्यो गुट नभनी स्थानीय स्तरमा जनाधार बलियो भएको योग्य मान्छेलाई पार्टीले टिकट दिने बताए ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १८:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया