मुलुकको भविष्यका निम्ति कांग्रेस एमसिसीको पक्षमा उभियो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी सहयोग परियोजना (एमसिसी) देश विकासका लागि भएको बताएका छन्। कांग्रेस भद्रपुर–१०ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए।

अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेको भन्दै उनले विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसिसी स्वीकार गरिएको बताए । 

एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएकोमा कुनै दुविधा नरहेको भन्दै उनले कांग्रेस भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसिसीको पक्षमा उभिएको बताए । 





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १९:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया