जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने
फाइल तस्बिर

जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ । 

युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने र आर्थिक दबाब सिर्जना गर्ने योजना अघि सारे पनि जर्मनीले तत्काल रूसी तेलमाथिको निर्भरतालाई सम्बोधन गर्न सम्भव नभएको जनाएको हो । 

फ्रर्या‍ङफर्टर आल्जेमाइन जाइटुङले रोबर्ट हाबेकलाई उद्धृत गरी उल्लेख गरेको छ, 'हरेक दिन, साँच्चै भन्ने हो भने, हामी हरेक घण्टा रूसी आयातलाई बिदाइ गर्दैछौं । हामी शरद ऋतुसम्ममा रूसी कोइलाबाट स्वतन्त्र हुनेछौं र वर्षको अन्तसम्ममा रूसी तेलमाथिको निर्भरताबाट स्वतन्त्र हुनेछौं ।'

जर्मनीले हाल आफ्नो तेलको एक तिहाइ र रूसबाट ४५ प्रतिशत कोइला आयात गरेको सरकारी तथ्यांकले देखाएको छ ।

जर्मनीको लागि रूसी ग्याँस काट्नु एउटा कठिन परिस्थिति हो, जसले रूसबाट आधाभन्दा बढी ग्यास आयात गर्छ ।

हाबेकले रूसी ऊर्जा आयातमा रोक लगाउन योजनाको प्रतिरोध गर्दै रूसी इन्धन बहिस्कारले हिउँदमा इन्धन अभाव हुने र मुद्रास्फीति बढ्ने चेतावनी दिए । 



फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमाथिको घातक आक्रमणका लागि खासगरी अमेरिकालगायतका यूरोपेली मुलुकले रूसविरुद्ध व्यापक प्रतिबन्ध लगाएका छन् ।

प्रतिबन्धलाई थप कडा पार्दै अमेरिका र बेलायतले मार्च ८ देखि रूसी तेल आयातलाई बन्द गरिसकेका छन् ।



  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १९:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया