चिकित्सक भन्छन् - कोरोना संक्रमण घटे पनि जोखिम यथावत छ

मुलुकमा कोभिड–१९ को संक्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना संक्रमणमुक्त भई घर फर्केका छन् ।

त्यसैगरी बितेका २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको जनाइएको छ । हालसम्म मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । हाल देशभर पाँच हजार ५० जना सक्रिय संक्रमित रहेका र १०६ जना क्वारेन्टिनमा बसेका छन् ।

पछिल्ला २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ । खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८६ लाख ११ हजार ६२६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

एक करोड ८३ लाख ९९ हजार ४५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १६ लाख ३८ हजार ५३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १९:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया