जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रकाश सपुतको ‘पिर’ शीर्षकको म्युजिक भिडियोले यथार्थ कुरा बाहिर ल्याएको बताएका छन् । ट्विटर स्टाटस लेख्दै जनयुद्धकै एक शीर्ष नेता भट्टराईले प्रकाशको गीतमा समर्थन जनाएका हुन् ।
उनले सत्य स्वीकार्दै समाधान खोज्न पनि माओवादी केन्द्र नेताहरूलाई आग्रह गरेका छन् । ‘तथ्यबाट सत्य खोज मार्क्सेली चिन्तन पद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु– महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचार निम्ति देह बेच्न बाध्य छन्,’ बाबुरामले लेखेका छन्, ‘हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौँ, समाधान खोजौँ ।’
साथै, उनले गीतकै कारण प्रकाश सपुतलाई गाली नगर्न पनि आग्रह गरेका छन् । जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका छन् । उनीहरूले माफी मागेर गीत तत्काल युट्युबबाट हटाउन पनि चेतावनी दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।