होफेनहाइमसँग बराबरीमा रोकियो बायर्न

जर्मन बुन्डेस लिगामा गएराति भएको खेलमा लिग लिडर बायर्न म्युनिख बराबरीमा रोकिएको छ । बायर्नले घरेलु टोली होफेनहाइमसँग १–१ को बराबरी खेलेको हो ।

रेन–नेकर एरिनामा सुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टोली अंक बाँड्न बाध्य बन्यो । खेलको ३२ औं मिनेटमा क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै होफेनहाइमलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको थप गरिएको समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् । यो नतिजापछि शीर्ष स्थानमा कायम बायर्नले २६ खेलमा ६० अंक जोड्दा होफेनहाइम समान खेलबाट ४४ अंकका साथ पाँचौं स्थानमा यथावत छ । 






  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ७:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया