रुसबाट हिँडेका ११ नेपाली लिथुआनिया र बेलारुसको जंगलमा अलपत्र
फाइल तस्बिर

रुसबाट हिँडेका ११ जना नेपाली लिथुआनिया र बेलारुसको जंगलमा अलपत्र परेका छन् ।  उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन् । उनीहरू रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ ।

सम्पर्ककर्तामध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामार्फत युरोप छिर्न हिँडेको हुनसक्ने आशंका गरे ।   

खड्काले उनीहरूको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरूले रुसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।   





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ९:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया