आरसिबीको नयाँ कप्तानमा फाफ डुप्लेसिस

इण्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले  आफ्नो नयाँ कप्तानमा दक्षिण अफ्रिकाका ब्याटर फाफ डुप्लेसिसलाई नियुक्त गरेको छ ।   

यसअघि टोलीको कप्तानी भारतीय ब्याटर विराट कोहलीले गर्दै आएका थिए । उनले यही सिजनबाट कप्तानी छोड्ने घोषणा गरेपछि नयाँ कप्तानमा डुप्लेसिस नियुक्त भएका हुन् ।  

३७ वर्षीय अनुभवी ब्याटर डुप्लेसिस लामो समयदेखि चेन्नाई सुपर किङ्ग्सबाट आइपिएल खेल्दै आएका थिए । यो सिजनका लागि आरसिबीले उनलाई मेगा अक्सनबाट ७ करोड भारुमा अनुबन्ध गरेको थियो । 

डुप्लेसिसलाई आरसीबीका अध्यक्ष प्रथामेश मिश्रा र क्रिकेट अपरेशन निर्देशक माइक हसनले भर्चुअल कार्यक्रममा कप्तानको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।   

‘यो अवसरका लागि म भित्रैदेखि आभारी छु । मैले धेरै आइपिएल खेलेको छु र खेलको गतिशीलता बुझेको छु । विदेशी खेलाडीलाई विश्वास गर्नु सानो कुरा होइन,’ डुप्लेसिसले कप्तानीको जिम्मेवारी पाएपछि भनेका छन्, ‘म घरेलु (भारतीय) खेलाडीको अनुभवमा भर पर्नेछु, हामीले यस खेलका एक महान लिडर विराट कोहली पनि पाएका छौं ।’  

डुप्लेसिसले हालसम्म आपिएलमा १०० खेल खेलिसकेका छन् । जसमा उनले २ हजार ९३५ रन बनाएका छन् । उनले गत सिजनमा चेन्नईलाई उपाधि दिलाउन ६३३ रन बनाएका थिए ।



डुप्लेसिसले सन् २०२० मा दक्षिण अफ्रिकाको सबै प्रारूपको क्रिकेटबाट कप्तानी छाडेका थिए ।  



  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ११:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया