अर्थतन्त्रमा देखिएका चुनाैतीले भन्सारमा समेत प्रभाव पारेकाे छ : अर्थमन्त्री  शर्मा
फाइल फाेटाे

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका छन् ।

आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका हुन् ।

उनले भने,‘ अहिले अर्थतन्त्रमा देखिएका चुनौतीले भन्सारमा समेत प्रभाव पारेको छ । राष्ट्र बैंकले जारी गरेका कतिपय पत्रहरूले भन्सारमा प्रभाव पारिरहेको अवस्था छ । राष्ट्र बैंकका परिपत्रहरू देशको अर्थतन्त्रका चुनौतीलाई सामना गर्नका लागि बाध्यकारी परिस्थिति हो । त्यो व्यवस्था सधैं रहने नभएर केही सीमित समयको लागि निर्णय गरेका छौं । यति बेला भन्सार वैधबाट नभएर अवैध बाटोबाट कारोबार हुने देखिएकाले सहज हुनुपर्छ । यो भन्सारको मात्रै जिम्मेवारी नभएर सबै निकायले अनुगमन गर्नु पर्ने देखिन्छ ।’ 

चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको अर्थमन्त्री शर्माकाे भनाइ छ । 

‘अहिले राजस्व लक्ष्यअनुसार संकलन भएको छ । लक्ष्यअनुसार संकलन भए पनि अत्यधिक व्यापार बढेकाले भएको बुझ्नु जरुरी छ । आयातमा वृद्धि भएकाले राजस्व संकलन पनि स्वभाविक रूपमा वृद्धि भएको हो’, उनले भने। 

उनले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्य अनुसार नै राजश्व संकलन हुने विस्वाससमेत व्यक्त गरे। 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १३:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया