बेलायतले रुसले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गरिरहेको बताएको छ ।
बेलायतको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गरिरहेको बताएको हो ।
आफ्नो डेली इन्टेलिजेन्समा बेलायती रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सेनालाई देशको पूर्वी क्षेत्रमा घेरा हाल्न चाहेको बताएको छ । उसले उत्तरमा खार्किभ र दक्षिणमा मारिउपोलबाट रुसी सेना अगाडि बढिरहेको पनि उल्लेख गरेको छ ।
'क्रिमियाबाट अगाडि बढिरहेका रुसी सेनाहरू माइकोलेभ पार गर्दै पश्चिम ओडेसातर्फ सर्दै छन्,' मन्त्रालयले भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।