सरकारले मलेसिया जान चाहने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गरिने निर्णय गरेकाे छ ।
करिब दुई वर्षदेखि रोकिएको श्रमस्वीकृति प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने निर्णय गरेकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्री श्रेष्ठकाे भनाइ छ ।
सन् २०२० मार्चदेखि मलेसियाले काेराना महामारीका कारण विदेशी कामदार नलिने निर्णय गरेकाे थियाे । साेही कारण नेपाली कामदारहरू मलेसिया जान नपाएका हुन् ।
यद्यपि गत जनवरी २८ देखि मलेसियाले विभिन्न किसिमका मापदण्ड अपनाउँदै श्रमिकको भर्ना प्रक्रिया सुरु गरेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।