आफूहरुको अस्तित्व नै धरापमा पार्न खोजेको ४ क्लबको आरोप

चारवटा ए डिभिजन लिग क्लबले आफूहरुको अस्तित्व नै संकटमा पार्ने षड्यन्त्र भएको भन्दै असन्तुष्टि जनाएका छन्। 

आउँदै गरेको नेपाल सुपर लिग (एनएसएल)प्रति असन्तुष्टि पोख्दै आएका चार क्लबले आइतबार पत्रकार समेलन गरेर एन्फाले क्यालेन्डरमै नभएको प्रतियोगिता आयोजना गरेर क्लबको भविष्य अन्योलमा पारेको बताएका हुन् ।

चार क्लब न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङदी, थ्रीस्टार र संकटा क्लबले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् । 

उनीहरुले एन्फाको क्यालेन्डरमा नसमेटिएको प्रतियोगिता गैरकानुनी भएको भन्दै एन्फाको आकस्मिक बैठकबाट रोक्नुपर्नेमा एन्फा महासचिवको हस्ताक्षरको पत्रलाई नै अटेर गर्दा पनि केही कदम नचालेको आरोप लगाएका छन्।

पटक–पटक एन्फा नेतृत्वबाट ठगिएका र पिल्सिएको भन्दै उनीहरुले वर्तमान अवस्था नेपालको फुटबल र खेलाडीको हितमा नरहेको बताएका छन् ।

‘एन्फा क्यालेन्डरमा रहेको राष्ट्रिय लिग गर्न नचाहनु, अहिले भइरहेको मोफसल प्रतियोगितालाई बेवास्ता गर्नु र एएफसी कपलाई समेत प्रभावित पार्ने खालका गतिविधिजस्ता धेरै कारणबाट एन्फा नेतृत्वले चालेको कदमप्रति खेद प्रकट गर्दै नेपालको फुटबलको भविष्यप्रति हामी अत्यन्त चिन्तित छौँ,’ विज्ञप्तिमा भनिएको छ।



विभिन्न क्लबमा आबद्ध खेलाडीको भविष्यमाथि नै खेलबाड भइरहेको साथै क्लब र खेलाडीबीच नै फाटो ल्याउने कार्यमा सक्रिय केही फुटबल खेलको विकास नचाहने तत्वबाट सचेत रहन उनीहरुले सम्पूर्ण सरोकारवालालाई अनुरोध समेत गरे । यो गम्भीर समस्या भएकाले एन्फाको पदाधिकारी बैठकमा यसलाई समावेश गर्न पनि उनीहरुले माग गरेका छन् ।

साथै उनीहरुले फुटबलसँग सरोकार राख्ने राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय लगायतलाई पनि सत्यतथ्य बुझी ऐक्यबद्धता जनाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १८:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया