रुसी सेनाको घेरामा गरेका युक्रेनी सहरहरूको अवस्था कस्तो छ ?

रुस र युक्रेनबीचको युद्ध सुरु भएदेखि रुसी सेनाले धेरै सहर र गाउँहरू कब्जा गरिसकेको छ । र, यी क्षेत्रहरूमा फसेका नागरिकहरूको अवस्था दयनीय रहेको बताइएको छ । स्थानीयले मद्दतका लागि बिन्ती गरिरहेका अन्तर्राष्ट्रिय सञ्चालमाध्यमहरूले बताएका छन् ।

बम विष्फोटको त्राससँगै यहाँका बासिन्दाहरू चिसो मौसम र खाद्य संकटको सामना गरिरहेको बिबिसीले जनाएको छ । जसका कारण युक्रेनको मारिउपोल सहर र राजधानी किभको पश्चिम र उत्तरका गाउँहरूमा भयानक मानवीय संकट उत्पन्न भएको छ ।

बिबिसी युक्रेन सर्भिससँग कुराका क्रममा यहाँबाट आएका नागरिकहरूले आफ्नो अवस्थाका बारेमा बताएका छन् । 

मारिउपोलबाट आउने हरेक भिडियो र तस्विरमा अन्ना तोख्माख्ची आफ्नो घर खोज्ने प्रयास गर्छिन् । उनकी आमा अझै मारिउपोल शहरमा फसेकी छिन् र पछिल्लो पाँच दिनदेखि उनीसँग कुनै सम्पर्क भएको छैन ।

रुसी सेनाले एक साताभन्दा बढी समयदेखि यो सहरलाई घेरा हालेको छ । अनि लगातार बमबारीका कारण यो सहर ध्वस्त हुँदै छ । जसका कारण यहाँ बिजुली, पानी र खाद्यान्नको अभाव छ ।

बम विष्फोटका कारण सडकको अवस्था यस्तो छ कि मानिसलाई सहरबाट बाहिर निस्कनसमेत कठिन भएको छ । पछिल्ला केही दिनदेखि यस क्षेत्रबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो तर, रुसले मानवीय कोरिडोरमा आक्रमण जारी राखेपछि प्रयास असफल भएको बिबिसीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १९:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया