गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । 

आइत्बार गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो ।

नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो । भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए । 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार २०:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया