कांग्रेसले चुनावी तालमेलका विषयमा चैतको दोस्रो साता निर्णय गर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसले सत्तागठबन्धनका अन्य दलसँग चुनावी तालमेलका विषयमा चैतको दोस्रो साता मात्रै निर्णय गर्ने भएको छ । कांग्रेस महामन्त्री गगन थापाले  गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय नभएको बताएका हुन्। 

सुर्खेत पुगेका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन र चुनावी तालमेल फरक विषय भएको बताए । उनी कर्णाली उत्सव कुडा कर्णालीको वक्ताको रुपमा सुर्खेत पुगेका हुन् ।  

महामन्त्री थापाले भने, ‘चैतको दोस्रो हप्ताभित्र यो विषयमा हाम्रो केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुन्छ। सत्ता गठबन्धन र चुनावी तालमेल फरक कुरा हो।’

अन्य पार्टीहरुले बाहिर चर्चा जे गरे पनि चुनावबारे निर्णय गर्ने अधिकार कांग्रेसमा निहित रहेको उनले बताए। सत्ता गठबन्धनसँगै चुनावी तालमेल गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय नभइसकेको उनले बताए । 

अहिलेको आवश्यकतामा यो गठबन्धनले स्थानीय तहको निर्वाचन गराउने भन्नेमा अलमल नभएको र तालमेलसँग यसले कुनै खास अर्थ नराख्ने थापाले उल्लेख गरे।

२०५६ सालमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धनको प्रसंग उठान गर्दै थापाले भने, ‘त्यो बेलाको आवश्यकता निर्वाचन गराउनुपर्ने भएकाले एमाले र कांग्रेसबीच गठबन्धन भयो। तर, निर्वाचनमा दुवै पार्टी अलग–अलग प्रतिस्पर्धा गरेर निर्वाचन लड्यौँ।’



तर, चुनावमा सहकार्य गरेर जाने वा नजाने भन्ने विषयमा कांग्रेसभित्रै दुईवटा मत देखिएकोले पार्टीभित्र छलफल सुरु भएको थापाले बताए। यसबारे आधिकारिक निर्णयका लागि चैत दोस्रो साता पर्खनुपर्ने उनले बताए । 



  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार २१:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया