व्यवसायी अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि हुन् ।
पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।
फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक्ने निर्णय गरेको थियो।
प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।