इन्डोनेसियामा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तटीय शहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्रबिन्दु पारेर ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । 

भूकम्पको गहिराइ २१ किलोमिटर रहेको छ । भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । ‘भूकम्प एक मिनेटसम्म महसुस गरिएको थियो । मानिसहरू त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ । 

भूकम्पपछि निरन्तर परकम्पहरू गइरहेको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु पश्चिमी सुमात्रा प्रान्तको पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ ।  





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ६:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया