चीनमा फेरि बढ्न थाले कोरोना संक्रमित, थप अर्को शहरमा लकडाउन घोषणा

कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन  शहरमा लकडाउन घोषणा गरिएको छ । 

शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरू पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ । 

‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने । 

चीनभर संक्रमणमा वृद्धिले अधिकारीहरूलाई सांघाइमा विद्यालय र उत्तरपूर्वी शहरहरू बन्द गर्न बाध्य बनाएको छ । चीनमा पहिलोपटक २०१९ को अन्त्यतिर कोरोना भाइरस देखिएको थियो ।

त्यसयता चीनले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ । चीनले संक्रमण बढेपछि यही साता उत्तरपूर्वी शहर चाङ्गचुनमा पनि लकडाउन घोषणा गरेको थियो ।



वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा चीनमा १ हजार ९३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ महिनौँपछि यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

हालसम्म चीनमा १ लाख १६ हजार ९०२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार संक्रमणमुक्त हुँदा ४ हजार ६३६ जनाको मृत्यु भएको छ ।  



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ८:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया