निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 

सिंहसँग निकोलष पाण्डे र  हुमनाथ कोइरालाले प्रतिस्पर्धा गरेका थिए । पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्र प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोपबहादुर रायमाझी विजयी हुँदा कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्विरोध चयन भएका छन् । 

त्यस्तै, महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भएका छन् ।  





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ८:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया