अमेरिकाको दाबी : रुसले चीनसँग सैन्य सहयोग माग्यो

रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरूले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको हो ।  

भिसा र मास्टर कार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरेका रिपोर्टहरू यसअघि नै आइसकेका छन् ।

मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन ।’

‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सिएनएनले जनाएको छ । 
 
यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विश्वव्यापी प्रतिबन्धहरूको सामना गर्न रसियालाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन् । सुलिभानले यसै साता चिनियाँ समकक्षीसँग भेट गर्दैछन् ।





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १०:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया