फ्रान्समा राष्ट्रपतिका उम्मेदवारमाथि अण्डा प्रहार

फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिक जेम्मोरमाथि शनिबार एक पेन्सेनरले काँचो अण्डा प्रहार गरेका छन् । दक्षिणी फ्रान्समा ७० वर्षीय बृद्धले दक्षिणपन्थी नेता जेम्मोरको टाउकोमा अण्डाले हानेका हुन् । 

असक्त बालबालिकाबारे जेम्मोरको टिप्पणीपछि क्रुद्ध बनेका ती वृद्धले उनको टाउकोमा अण्डा फुटाएका हुन् । पेसाले किसान ती वृद्धाका छोरा अटिजमबाट पीडित छन् । 

जेम्मोरले दुई महिनाअघि अशक्त बालबालिकालाई विद्यालयमा अलग्गै पढाउन आह्वान गरेर समावेशी प्रयत्नहरूविरुद्ध बोलेका थिए । जेम्मोरको समूहले सो विषयबारे प्रहरीलाई रिपोर्ट गर्न नहुने बताएको सार्वजनिक अभियोजनकर्ताको कार्यलयले जनाएको छ । 

फ्रान्समा १० र २४ अप्रिलमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १२:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया