मेस्सी र नेयमारविरुद्ध समर्थकको नाराबाजी

पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार बोर्डिक्समाथि ३–० को सहज जितसहित फ्रेन्च लिग वानको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । तर, समर्थकले भने उक्त खेलमा लियोनल मेस्सी र नेयमारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे, नेयमार र लिआन्द्रो परेडेसले १–१ गोल गरे । पिएसजी २८ खेलबाट ६५ अंकसहित शीर्ष स्थानमा छ जुन दोस्रो स्थानको मार्सेलीको भन्दा १५ अंक बढी हो ।

च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित खेलाडी अनुबन्धनमा आक्रमक देखिएको पिएसजी गत साता  स्पेनिस महारथी रियल मड्रिडसँग ३–२ ले पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएको थियो । 

पहिलो लेगमा १–० ले जित निकालेको पिएसजी दोस्रो लेगमा ३–१ ले पराजित भएको थियो । समर्थकले क्लबको अपेक्षा पूरा गर्न नसकेको भन्दै नेयमार र मेस्सीविरुद्ध नाराबाजी गरेका हुन् । 
 
पिएसजीले लिग वान जित्ने निश्चित जस्तै छ । तर, अग्रताका बाबजुद त्यसलाई जोगाउन नसक्दा च्याम्पियन्स लिगबाट बाहिरिएपछि समर्थक भने निराश भएका छन् । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया