ब्रुनो फर्नान्डेजले एट्लेटिको मड्रिडविरुद्धको खेल गुमाउने

इंग्लिस क्लब म्याचचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।

कोरोना संक्रमणका कारण उनी उक्त खेलका लागि उपलब्ध नहुने क्लबले जनाएको छ । उनले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति टोटेनहमविरुद्धको खेल पनि गुमाएका थिए । 

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम-१६ को दोस्रो लेगमा मंगलबार एट्लेटिको मड्रिडको समान गर्नेछ । 

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । 

यसपटकदेखि अबे गोलको अवधारणा हटाइएकाले अघिल्लो चरण पुग्न दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया