विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाऔं : उपेन्द्र यादव
फाइल फाेटाे

जनता समाजवादी पार्टी (जसपा नेपाल)का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् ।

उनले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए ।

अध्यक्ष यादवले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष यादवले भने, ‘प्रत्येक केन्द्रीय सदस्यहरू एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रूपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरू, प्रदेशका साथीहरू, जिल्लाका साथीहरू, गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरूसँग समन्वय गरेर अभियान चला‍‍औं । यसरी गयौं भने मलाई के लाग्छ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौँ । आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपुर प्रयास गरौं । चुनाव अघि आएको हुनाले र पार्टीलाई स्थापित गर्नको लागि स्थानीय निर्वाचन महत्वपूर्ण भएकोले यसलाई हामीले अधिकभन्दा अधिक पालिकामा, पार्टीका उम्मेदवारलाई जिताउनु पर्छ ।’

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताए ।



आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरूले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जित दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको उनकाे भनाइ छ ।



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १४:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया