थप ५८ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयाेगशालामा पाँच हजार ४१८ जनाकाे नमुना परीक्षण गर्दा थप ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् ।

यही अवधिमा १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा २६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये  काठमाडौंमा २५ र ललितपुरमा १ जना रहेका छन् ।





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १६:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया