जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ ।

जसपाले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो ।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले हेडक्वाटर यस्तो निर्णय गरेको हो ।





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १९:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया