समृद्धिका लागि एमसिसी स्विकारिएको होः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसिसी स्विकारिएको बताएका छन् । घरघर जाऊँ, कांग्रेस जिताऊँ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

एमसिसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे । 
नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

उनले भने, ‘देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ ।’ परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा जोड दिए ।

मुलुकमा विद्युत तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे ।

नेता शर्माले भने, ‘स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनुपर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुंगो छैन, पहिला आफ्नो नेपाली कांग्रेसलाई मजबुद बनाउन आग्रह गरे ।’ स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेस उदयपररले १ महिने अभियानका लागि ७५ वटै वडामा जिम्मेवारी तोकिएको छ । पार्टीले टिकटका लागि माथिबाट हस्तक्षेप गर्दैन र हाम्रालाई होइन, राम्रालाई जिताउने आधार देखेर मात्र पार्टीले उम्मेदवारी दिनेछ,’ उनले भने ।

केन्द्रीय सदस्य प्रदीप सुनुवार, लक्ष्मी परियार, नारायण कार्की, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली कांग्रेस जिल्ला सभापति प्रदेश १ का भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की क्षेत्रीय सभापतिहरु खगेन्द्र राई, रामकुमार राई, पूर्व जिल्ला सभापति अर्जुन खड्कालगायतको उपस्थिति थियो । 



कार्यक्रममा नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई महामन्त्री शर्माले स्वागत गरेका थिए । 



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार २०:४८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया