नेपाल र साउदी अरबबीचको द्विपक्षीय बैठक आज, ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । 

बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरूमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्ट (सहयोग सम्झौता)  हस्ताक्षर हुने जनाइएको छ । 

बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।  





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ७:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया