कांग्रेसले आफ्नालाई होइन राम्रालाई उम्मेदवार चयन गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढंगले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए । 

'विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असर पर्यो', उनले भने ।

पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताए । 

'कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ', उनले भने । 

स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उनको भनाइ थियो । महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आफूले निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृति, विसंतिको अन्त्य गर्ने बताए । 



कांग्रेस नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीले राहत महसुस गरेको उनको भनाइ थियो । उनले कोरोनाका कारण अस्तव्यस्त बनेको मुलुकको निर्माण क्षेत्रलाई सही बाटोमा ल्याउन निर्माण व्यवसायीले आगामी दिनमा काम गर्ने बताए ।



  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १५:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया