एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।
भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाऊ, बेटी बचाऊ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।
‘नारा लगाउँदा ‘बेटी बढाऊ, बेटी बचाऊ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाईंहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने । ‘बेटी बढाऊ, बेटी बचाऊ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।
मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए । वीरगञ्ज–काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।