शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराइ शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् ।
उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् ।
उनले भनिन, 'जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराई एकदमै डरलाग्दो छ ।'
लुम्बिनी प्रदेशको बुटवलमा राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनसम्बन्धी शहरी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाडबाट तराईतिर साना शहरबाट ठूला शहरतिर बसाइँसराइको क्रम बढ्नु चुनौती रहेको बताइन् ।
बसाइँसराइ कम गर्न पनि शहरी नीति आवश्यक रहेकोमा जोड दिदै उनले यसको लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन् ।
सरकारका संयन्त्रले एक्लाएक्लै काम गर्छौं भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै मन्त्री झाँक्रीले मन्त्रालयहरू नै एक अर्काका विरोधी जस्ता देखिएकाले यस्तो खालको चिन्तन बदल्न आवश्यक रहेको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।