एमाले बैठक : ईश्वर पोखरेलको नेतृत्वमा नीति अनुसन्धान निर्देशक समिति गठन

नेकपा एमालेले नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा पार्टीले उक्त समिति गठन गरेको हो ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलवार बसेको सचिवालय बैठकले निर्देशक समिति गठन गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई छन् ।

त्यस्तै पूर्वअर्थमन्त्री युवराज खतिवडा डा. दिनेश देवकोटा डा. अन्जान शाक्य डा. राजेश अहिराज र अजय शर्मा रहेका छन् ।





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २०:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया