युक्रेन र रूसबीच मंगलबार चौथो चरणको शान्तिवार्ता सुरू

युक्रेन र रूसबीच मंगलबार पुनः शान्ति वार्ता सुरू भएको छ । युक्रेनी र रूसी प्रतिनिधिमण्डलले सोमबार भिडियो लिंकमार्फत आफ्नो छलफलको चौथो चरण सुरु गरेका हुन् । 

स्थानीय सञ्चारमाध्यम ‘युक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो । ‘वार्ता सुरू भइसकेको छ,’ अराखामियाले भने । ​ 

युक्रेनी राष्ट्रपति सल्लाहकार माइखाइलो पोडोल्याकले भने, ‘दुवै पक्षले ‘काम गर्ने उपसमूह’ निर्माण गर्न र थप परिभाषाको स्पष्टीकरणका लागि मंगलबारसम्म वार्तालाई प्राविधिक रूपमा रोकिएको हो । वार्ताले निरन्तरता पाउनेछ ।’





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २१:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया