डडेल्धुरामा गोली लागेर एकको मृत्यु
सांकेतिक तस्बीर

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । 

गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी देवेन्द्र पालका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियाे ।

उनको शव अस्पतालमा राखिएको छ । त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। 

नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन । जंगली जनावर बँदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डिएसपी पालले बताए ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १०:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया