आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री झाँक्री
फाइल फाेटाे

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छन् । 

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी हुन् ।

उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइवटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’

गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् ।

मन्त्री झाँक्रीले आगामी दिनमा पनि मिलेर सरकार बनाउनुपर्नेमा जोड दिइन् ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १२:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया