इ-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी एजेन्ट नेटवर्कबाट पनि पाइने

इ-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इ-सेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट)बाट प्राप्त गर्न सकिने भएको छ ।

इ-सेवा मनी ट्रान्सफरले संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै आएको छ भने इ-सेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएको छ । यी दुई कम्पनी एफवान सफ्न इन्टरनेशनलअन्तर्गरका भगनी संस्था हुन् ।

योसँगै अब विदेशबाट इ-सेवा मनी ट्रान्सफरमार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै अब इ-सेवा वालेटका देशभरी रहेका १ लाख ३० हजारभन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्टमार्फत पाइन्छ । त्यस्तै, इ-सेवाका एजेन्ट नेटवर्कबाट इ-सेवा मनी ट्रान्सफरमार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्नसमेत सकिनेछ ।

यसका साथै इ-सेवाका ५० लाख बढी प्रयोगकर्ताले इ-सेवा वालेटबाट इ-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिने कम्पनीको भनाइ छ । विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इ-सेवा वालेटमा प्राप्त गर्दा अतिरिक्त ७७ रुपैयाँ बोनससमेत प्राप्त गर्न कम्पनीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १३:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया