रूस र युक्रेनबीच २१ दिनदेखि युद्ध जारी छ । रूसले युक्रेनको राजधानी किभलाई नियन्त्रण लिनका लागि लगातार प्रयास गरिरहेको छ । त्यस्तै, रुसी सेनाले युक्रेनी सैनिकको पनि कडा सामना गर्नु परिरहेको छ ।
यसैबीच दुई देशबीच शान्ति वार्ता पनि चलिरहेको छ तर हालसम्म कुनै समाधान निस्किएको छैन ।
युक्रेनका धेरै सहरहरूमा हवाई हमला गर्नुअघि साइरन बजिरहेको छ ।
रुस र युक्रेनबीचको चौथो चरणको शान्ति वार्तामा केही प्रगति देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति वार्ताको बारेमा भने कि अब यस्तो देखिन्छ कि 'वास्तविक वार्ता' रूससँग भइरहेको छ ।
स्लोभेनिया, चेक गणतन्त्र र पोल्याण्डका प्रधानमन्त्रीहरू युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न रेलबाट किभ आइपुगेका छन् ।
युक्रेनका जनतालाई सम्बोधन गर्दै स्लोभेनियाका प्रधानमन्त्रीले भने, ‘तपाईंहरू एक्लै हुनुहुन्न । तपाईंहरूको लडाइँ हाम्रो पनि लडाइँ हो ।'
युक्रेनको राजधानी किभमा अझै पनि बम विष्फोट जारी छ र त्यहाँ ३५ घण्टाका लागि कर्फ्यू पनि लगाइएको छ । मंगलबार भएको हवाई हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
मारिऊपोलका मेयरले रुसी सेनाले ४ सय चिकित्सक र बिरामीलाई बन्धक बनाएको बताएका छन् ।
अमेरिकाले युक्रेनलाई १ अर्ब डलर सैन्य सहायता उपलब्ध गराउने बताएको छ ।
संयुक्त राष्ट्रसंघले युद्ध सुरु भएयता ७० हजार बालबालिका शरणार्थी बन्ने बताएको छ । युक्रेनबाट आउने शरणार्थीको संख्या अहिले ३० लाख नाघेको छ ।
रूसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र सीआईए प्रमुख विलियम बर्न्समा पनि लागू हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।