रुपन्देही सुपरलिगः बुटवल–११ विजयी, बुद्ध सुपर फोरमा प्रवेश

नेपाल टेलिकम रुपन्देही सुपरलिग ए डिभिजनअन्तर्गतको बुधबारको खेल बुटवल ११ ले जितेको छ । तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै बुटवल ११ ले जित निकालेको हो । 

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ले निर्धारित ५० ओभरको खेलमध्ये ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो । 

जसका लागि सर्वाधिक विवश खातीले ४३, विवेक शर्माले २७ तथा इशान पाण्डे र अभिषेक ठाकुरले २६–२६ रनको योगदान गरे । बलिङतर्फ तिलोत्तमाका अमरसिंह रौटेला र कृष्ण पराजुलीले ३–३ र कृष्ण कार्कीले २ विकेट लिए ।

१५७ रनको लक्ष्य पाएको तिलोत्तमाले जवाफी ब्याटिङमा ३७ ओभरमा सबै विकेट गुमाउँदै लक्ष्य पार गर्न सकेन । १०० रनमै समेटिएपछि हार बेहोरेको तिलोत्तमाका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । 

तिलोत्तमालाई सस्तैमा समेट्न बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र इशान पाण्डेले २ विकेट लिए । बुधबारको खेलमा शुभम घमाल म्यान म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

मंगलबार हुने भनिएको खेलमा टिम सहभागी नभएकोले बुद्ध क्रिकेट क्लब सुपर प्रवेश गरेको छ, बुद्ध नेट रन रेटको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 



बिहीबार डिभिजन ए अन्तर्गतको अन्तिम खेल वेस्टर्न क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लबबीच हुन संघले जानकारी दिएको छ । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । जिल्ला भित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने ४ टिमबीच चैत ५ गतेबाट सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । 



प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर र उदीयमान खेलाडीलाई जनही ५–५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । 

प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।

  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १८:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया