जापानमा भूकम्प : दुईजनाको मृत्यु, २० लाख मानिस अन्धकारमा
फरकधार / ३ चैत, २०७८

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुईजनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । 



पूर्वी जापानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।  

भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरू आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणमा जनाइएको छ । 



भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ ।     



  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ६:५८:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया