नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए ।
निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।