३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् ।

प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । 

होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए । 

एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे । 

कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकता भाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १२:३४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया