विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ पछिल्लो समयकाे सबैभन्दा ठूलाे ब्लकबस्टर फिल्म बन्ने क्रममा छ ।
सिनेमा हलमा आलिया भाटको गंगुबाई काठियावाडीजस्ताे ठूलाे फिल्मकाे उपस्थितिको बावजुद पनि फिल्मले बक्स अफिसमा रेकर्ड बनाउँदैछ।
सिनेमा हलमा रिलिज भएकाे एक साता पूरा नहुँदै फिल्मले बक्स अफिसमा १०० करोडको कलेक्सन गर्ने तयारी गरेको छ । फिल्मले अहिलेसम्म कुल ९८.३० करोड कमाइसकेको छ ।
कश्मीर फाइलले छैटौं दिनमा विश्वव्यापीरूपमा ७९.२५ करोड रुपैयाँ कमाएको थियाे । सातौं दिन फिल्मले १९.०५ करोड कमाएको छ, जुन अघिल्लो दिनको तुलनामा ५.८३ प्रतिशतले बढी हो ।
बक्स अफिसको कुल कलेक्सन अहिले ९८.३० करोड रुपैयाँ छ ।
फिल्मकाे दोस्रो हप्ताको कलेक्सन यो साता कमाइभन्दा बढी हुने अनुमान गरिएको छ ।
‘द कश्मीर फाइल्स’ गत शुक्रबार रिलिज भएदेखि देशभर ४ सय स्क्रिनमा देखाइएकाे थियो । अहिले भने ३ हजारभन्दा बढी स्क्रिनमा देखाइएकाे छ।
फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जाेशी, दर्शन कुमारलगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।