अहिले भारतमा सबैभन्दा बढी चर्चामा छ, फिल्म द कश्मिर फाइल्स । रिलिज भएपछि नै चर्चामा रहेको यो फिल्मबारे विभिन्न प्रतिक्रिया आएका छन्, यसबारे भारतका नेता देखि सेलेब्रिटीसम्मले जवाफ दिइरहेका छन् ।
अब बलिउड अभिनेता नाना पाटेकरले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले फिल्मबारे सन्चारकर्मीले सोधेको प्रश्नमा भारत हिन्दु र मुस्लिम दुवैको देश भएको र भारतमा कुनै पनि भेदभाव वा विभाजन स्वीकार्य नहुनेसमेत बताएका छन् ।
भारतको समाचार एजेन्सी पिटिआइका अनुसार पाटेकरले आफूले कश्मिर फाइल्स फिल्म अहिलेसम्म नहेरेकाले फिल्मको विषयमा चाहिँ टिप्पणी नगर्ने बताएका छन् । तर, सँगसँगै उनले कश्मिर फाइल्समात्र नभएर कुनै पनि फिल्मबारे धेरै टिप्पणी हुन नहुने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।