ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने घोषणा गरेकी छन् ।
मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारेकी छन् ।
गत मंसिर १ गतेबाट सिँचाइमा खपत हुने विद्युत्को शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन आफू लागिपरेको बताइन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तु आयात नगर्न पनि व्यवसायीलाई पटकपटक आग्रह गरिन् ।
उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फुलहरू आयात गर्ने काम व्यवसायीले गर्न नहुने धारणा राखिन् । उद्योगीले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने खालको वस्तुको उत्पादन र बिक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।