स्थानीय निर्वाचन : मनोनयन दर्ता ११ र १२ वैशाखमा [तालिकासहित]
फाइल तस्वीर

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिन समय दिने प्रस्ताव लगेको छ । 

स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको समय तोक्ने गरी आयोगले प्रस्ताव लगेको हो ।

आयोगको तालिकाअनुसार १२ गते बेलुका मनोनयन-पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइने छ ।

यसैगरी, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । 

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको बैठकमा कार्यतालिकाबारे छलफल भए पनि निर्णय नभएको छैन ।

स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा एकैचरणमा हुँदैछ । 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १६:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया