यस्तो छ स्थानीय तह निर्वाचन कार्यतालिका
फाइल तस्वीर

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको मिति तोकेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ११ र १२ वैशाखको बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने निर्णय गरेको हो ।

आयोगको तालिकाअनुसार १२ गते बेलुका मनोनयन-पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

त्यस्तै १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइने छ ।

यसैगरी, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका तय भएको छ । त्यस्तै, १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । 

स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा एकैचरणमा हुँदैछ । 



कार्यतालिका



  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १६:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया