युक्रेन-रुस द्वन्द्वबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । 

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन् । 

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए ।

अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ । 

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेबारी पनि भएको बताएका थिए । 

उनीहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गरेको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।  



अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । 

गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । 



  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार २१:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया