अपिल खारेजपछि रुसमाथिकाे प्रतिबन्ध यथावत रहने

रसियन फुटबल युनियनले आफ्नो प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा गरेको अपिल अस्वीकार भएको छ ।

युक्रेनमा आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले रुसमाथि प्रतिबन्ध लगाएका थिए ।

याे प्रतिबन्धपछि रुसले कासमा प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको थियो । तर, कासले त्यसलाई अस्वीकार गरेको हाे  ।

याे अपिल अस्वीकार भएसँगै रुसमाथिकाे प्रतिबन्ध यथावत रहनेछ ।

फिफा र युइएफएले रुसको राष्ट्रिय टाेलीसँगै क्लबलाई समेत सबै खाले प्रतियोगितामा प्रतिबन्ध लगाएका हुन् ।

प्रतिबन्धसँगै रुसले पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैन। 



रुसी क्लब स्पार्तक मस्को पनि युरोपा लिगबाट बाहिरिएको छ ।



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार ७:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया