श्रीमतीकाे हत्या गरी ओढारमा शव लुकाउने पक्राउ

३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका-३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । 

सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।

बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए ।

लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो। सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको प्रवक्ता विश्वकर्माले बताए ।

उनका अनुसार पतकरले छोपिएको अवस्थामा शव फेला परेको हो ।



दिलिपविरुद्ध प्रहरीले अ‌ाइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।
 



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १०:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया