अफगानिस्तानको तालिबान सरकारले अबदेखि छात्रालाई पनि विद्यालय जान दिने भएकाे छ ।
तालिबानले सत्ता सम्हालेसँगै छात्रालाई शैक्षिक संस्था जान राेक लगाउनुका साथै महिलालाई राेजगारमा जान पनि प्रतिबन्ध लगाएकाे थियाे ।
जुन विषयकाे चाैतर्फी आलाेचना भएपछि तालिबान सरकारले छात्रालाई शैक्षिक संस्थामा जान दिने निर्णय गरेकाे हाे ।
तालिबान सरकारले मार्च २२ बाट छात्राहरूलाई विद्यालय जान दिने विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तालिबानकाे यस निर्णयलाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण र स्वागतयाेग्य भनेकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।